साथीभाइ तथा आफन्तमा कोरोना छैन भन्‍ने सोचाइले ठूलो खतरा निम्त्याईरहेको छ : स्वास्थ्य मन्त्रालय

साथीभाइ तथा आफन्तमा कोरोना छैन भन्‍ने सोचाइले ठूलो खतरा निम्त्याईरहेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ३२ साउन । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै यसको खतरा पनि उत्तिकै बढिरहेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा हालसम्म पनि कोरोनाको उपचार नभएका कारण आम नागरिकलाई व्यवहार सुधार्न आग्रह गरेका छन् । 

मलाई केहि हुदैन, बाहिरबाट आएकालाई  तथा दिर्घरोगीलाई मात्र कोरोना हुन्छ भन्ने सोचाई त्याग्नुपर्ने प्रवक्ता गौतमले बताएका छन् ।

'कोरोनाले धनी, गरिब, बुढो, तन्देरी छुट्याउदैन त्यसैले सचेत बनौ, ब्यवहार सुधारौ कोभिडको रोकथाम हाम्रो व्यवहारमा छ,' प्रवक्त गौतमले भनेका छन, 'कोरोनाबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डहरु मेरो लागि हो भन्ने बुझेर पालना गरौँ, समाजिक दुरी कायम गराँै, माक्स अनिवार्य रुपमा प्रयोग गरौँ '