सैनामैनामा भदौ १ गतेदेखि लकडाउन

सैनामैनामा भदौ १ गतेदेखि लकडाउन
photo : Anil sapkota

सैनामैना, ३२ साउन । 
रुपन्देही जिल्लाको विभिन्न स्थानिय तहरुमा समुदाय स्तरमा कोरोना संक्रमित फेला पर्न थालेपछि  जिल्लाको सैनामैना नगरपालिकाले  भदौ १ गते राती १२ बजेबाट लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगरपालिका कोरोना विपद् व्यवस्थापन समितिको  बैठकले  लकडाउन गर्न सुझाएपछि भदौ १ गते राति १२ बजेदेखि  ७ गते राति १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको सैनामैना नगरपालिकाका उपप्रमुख प्रमुख बिना रानाले जानकारी दिइन् । 

उपप्रमुख रानाका अनुसार भदौ १ देखि राति १२ बजेदेखी कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक हिडडुल कार्यमा बन्देज गरिएको छ भने अत्यावश्यक कामबाहेकका पसलहरु पनि बन्द रहने छन् ।    

लकडाउनको समयमा स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरेर स्वास्थ्य सेवा, दुध तथा दुधजन्य पदार्थ, भेटनरी लगायतका अत्यावश्यक सेवाहरु भने सञ्चालन हुनेछन्। 

सैनामैना सालझण्डीमा रहेको ग्लोबल आई.एम.ई. बैंकका एक कर्मचारीलाई दुई दिन अघि कोरोना भाईरस संक्रमणको पुष्टि थियो । संक्रमितको संख्या बढेपछि बुटवलमा यसअघि नै लकडाउन गरिएको छ ।