राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भाद्र । 
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

आज बेलुकी ५ः५५ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१  वर्षको उमेरमा निधन भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छन् । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा लगायत विधिन्न विधामा घिमिरेले कलम चलाउँदै आएका थिए ।

नेपाली साहित्यमा पुराएको योगदानको कदर गर्दै उनलाई ‘राष्टकवि’को उपाधिले सम्मान गरिएको थियो । केही समय पहिले उनलाई नेपाली सेनाले मनार्थ सहायकरथी दर्जा प्रदान गरेको थियो ।