काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि भदौ १० गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि भदौ १० गतेसम्म निषेधाज्ञा

काठमाडौं, २ भाद्र । 
काठमाडौं उपत्यकामा बुधबार (भदौ ३ गते) मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

राजधानीमा कोभिड-१९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । 

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा स्वास्थ्य मन्त्रालयको सुरक्षा मापदण्ड अपनाएर संचालन गर्न पाइने छैन । 

उक्त समयमा सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।