कञ्चनपुरमा १८ किलो सुनसहित एकजना मानिस पक्राउ

कञ्चनपुरमा १८ किलो सुनसहित एकजना मानिस पक्राउ

फागुन २, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले  कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन सहित एकजना मानिसलाई नियन्त्रणमा लिएको छ । 
 
भारतको सीमाना नजिकैबाट बरामत गरिएको सुन भारतबाट भित्रिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।  प्रकाउ पर्ने व्यक्ति र सुनलाइ  कैलालीको जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

 प्रहरीले पक्राउ पर्नेको नाम भने खुलाएको छैन । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।