अभिनेत्री पूजा र संचारकर्मी सुवेदीबीचको विवाद टुङ्गियो

अभिनेत्री पूजा  र संचारकर्मी सुवेदीबीचको विवाद टुङ्गियो

काठमाडौं, ४ भाद्र । 
अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच आगामी दिनमा आपसी सद्भाव बिगर्न नदिने सम्बन्धमा पेशागत मर्यादामा रहने गरी दुईबीचको विवाद टुङ्गिएको छ । 

एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन् ।

सुवेदीले उनको नाम नलिइकन दाह्रा आएकी हिरोइनु भन्ने टिप्पणी गरेपछि दुईबीच विवाद उत्पन्न भएको थियो ।  

बुधबार टिभीका अधिकारीको रोहवरमा पूजा र सुवेदीबीच सहमति भएको हो । 

पछिल्लो समय चलचित्रसँग सम्बन्धित सात संस्थाले सुवेदीको कार्यक्रममा सहभागी नहुन आव्हान गर्दै संयुक्त विज्ञप्ति नकालेका थिए ।