आइसोलेसन तोडफोड गरेर चोरी

आइसोलेसन तोडफोड गरेर चोरी

संखुवासभा, ५ भाद्र । 
संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ । 

खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति ढोका फोडेर चोरी भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । 

७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायतका करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालले जानकारी दिएको छ   । 

चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।