रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपियो

रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपियो

बुटवल, ७ भाद्र । 
रुपन्देहीमा आइतबार राति १२ बजे सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिएको छ ।

आइतबार जिल्ला स्तरीय कोभिड-१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि)को बैठकले कोरोना कोरोना संक्रमण बढ्दै गएकाले  एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेका हो । 

यस अघि रुपन्देही जिल्लाका अलग अलग पालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ-आफ्नै ढंगले लकडाउन गर्ने निर्णय गरेका थिए तर यस पटक भने सबैले एकरुपताका साथ लकडाउन गर्ने निर्णय भएको छ ।