सरकारद्धारा ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको घोषणा

सरकारद्धारा   ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको घोषणा
तस्विर सौजन्य : naya bato

फागुन २, काठमाडौं । सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ ।

यो कार्यक्रमले सबै नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने सरकारको दाबी छ ।कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते पहिलो सेयर आफूले किन्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले जलविद्युतमा नेपालीको लगानी र मुनाफा सुनिश्चित भएको बताएका छन् । शुभारम्भ कार्यक्रममा उनले विभिन्न १९ वटा आयोजना सरकार र जनताको संयुक्त लगानीमा निर्माण हुने बताए ।

यस आयोजनामा सरकार र सरकारी लगानी रहेको संस्थाका तर्फबाट ५१ प्रतिशत र जनताको तर्फबाट ४९ प्रतिशत लागानी रहने उल्लेख गरे । यसले जलविद्युतमा जनताको लगानी र मुनाफा सुनिश्चिचत भएको बताउदै लगानीमा सहभागिता जनाउन आग्रह गरे ।