पछिल्लो २४ घण्टामा थपिए ८१८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ८१८ कोरोना संक्रमित

काठमाडौं, ७ भाद्र । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय १८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा थप ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको बताएका छन् ।

२४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १ सय ५५ र क्वारेन्टाइनमा ११ हजार ४ सय १४ रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।

२४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्‍नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।