आइसोलेसनबाटै सङ्क्रमित फरार

आइसोलेसनबाटै सङ्क्रमित फरार

चितवन, ९ भाद्र । 
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना सङ्क्रमित आइसोलेसनबाटै फरार भएका छन्। 

भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान आइसोलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । 

अस्पतालको आइसोलेसनबाट भागेका ती युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।