विनोद चौधरीलाई कोरोना संक्रमण

विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भाद्र । 
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् ।

आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति हुन् ।