पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

काठमाडौं, १६ भाद्र । 
महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनको पाँच महिना बितेपछि पछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।

कोभिड-१९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गत बर्षको चैत ११ गते लकडाउन गरेसंगै बन्द भएको नियमित अन्ताराष्ट्रिय उडान सरकारले भदौ १६(आज) देखि निश्चित शर्तसहित उडान सञ्चालन गर्ने निर्णय गरेपछि खुलेको हो ।

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो ।

दैनिक ८ सय सम्म यात्रु र १ महिनाको अबधिमा ६० वटा नियमित र २७ वटा चार्टर उडान हुने गरी आजबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरु गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।