मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच पुल्चोकमा झडप

मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच  पुल्चोकमा झडप

काठमाडौं, १८ भाद्र । 
मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको छ । 

निषेधाज्ञा तोड्दै रातो मत्स्येन्द्रनाथको रथ तान्न भेला भएका सयौ स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरको  पुल्चोकमा  झडप भएको हो ।

प्रहरीले भीड हटाउन पानीको फोहोरा र अश्रुग्याँस प्रयोग गरेको थियो भने  ढुंगा हानेको थियो स्थानीय युवाको आक्रोशित भीडले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
 

युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका छन् । झडप भएपछि अहिले बिच रोडमा नै मत्स्येन्द्रनाथको रथ छाडिएको छ । अहिले पुल्चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।