नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३०० जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३०० जनाको मृत्यु

काठमाडौं, २२ भाद्र ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको उनले बताए ।

आज मृत्यु हुने महिलामा काठमाडौँ उपत्यकाका मात्र ३ जना रहेका छन् । उपत्यकामा ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो । त्यसैगरी कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

मोरङका ७६ वर्षीय, सिरहाका ८७ वर्षीय, ६२ वर्षीय,सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेकाा ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोनाले मृत्यु भएको हो ।