कुलमानलाई बिदाई लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी

कुलमानलाई बिदाई लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी

३० भाद्र, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि  कुलमान लाई प्राधिकरणबाट बिदाई गरिएको छ । 

कुलमान प्राधिकरणबाट बिदाई गरिएसँगै प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।

वरिष्ठताको आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएपनि वरीयताक्रममा कोइरालाभन्दा अघि रहेका अर्का उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा  खटिएका  छन् । 

२०७३ भदौ २९ गते मन्त्रिपरिषद्बाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको आफ्नो  ४ वर्षे कार्यकाल सोमबार सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाई भएका थिए ।