थप चार कम्पनीका स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्रीवितरणमा रोक

थप चार कम्पनीका स्यानिटाइजरमा  विषाक्त रसायन भेटियो, बिक्रीवितरणमा रोक

३१ भाद्र, काठमाडौं । 
औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका स्यानिटाइजरमा मानव स्वास्थ्यकालागि हानी गर्ने विषाक्त रसायन भेटीएपछि बिक्रीवितरणमा रोक लगाएको छ । 

अनुगमनमा क्रममा चीन र भारतबाट आयात भएका दुई कम्पनी स्यानिटाइजर,  काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजर र ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन पाइएकाले बिक्रीवितरणमा रोक लगाईएको विभागले जनाएको छ ।  

केही दिन अघि मात्र पाँच वटा कम्पनीको स्यानिटाइजरमा मानव स्वास्थ्यका लागि हानीकारक मानिने मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको थियो ।   

स्यानिटाइजर उत्पादनको मापदण्डविपरीत विषाक्त रसायन समावेश भएको र न्यून गुणस्तरको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले प्रयोग नगर्न सर्वसाधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।