अस्पतालबाट डिस्चार्ज भए कांग्रेस महामन्त्री शशांक कोइराला

अस्पतालबाट डिस्चार्ज भए कांग्रेस महामन्त्री शशांक कोइराला
तस्विर सौजन्य : Shashank koirala

३ असोज, काठमाडौं । 
कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । 

गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यका सुधार आएपछि शनिबार दिउसो डिस्चार्ज भएका हुन् । 

महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि आफू डिस्चार्ज भएको बताएका छन् ।

यद्यपी महामन्त्री कोइराला कोरोनामुक्त भने भइसकेका छैनन् ।चिकित्सकको सल्लाहबमोजिम आफू अझै केही दिन होम आइसोलेसनमा बस्ने महामन्त्री कोइरालाले बताएका छन् । 

महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले लेखेका छन्, "मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण  दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा।विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।"