अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाउने नेकपाको तयारी

अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाउने नेकपाको  तयारी
तस्विर सौजन्य : ciaa.gov.np

फागुन २, काठमाडौं । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।

पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार बुधबार साँझ सामाजिक सञ्जालमा भाइरल भएपछि पाठकको चौतर्फी बिरोधपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् ।

 नेकपाका नेताहरूले भने पाठकलाई राजीनामा दिन सुझाएका छन्। पाठकले राजीनामा नदिए महाअभियोगको बाटोबाट जान सकिने नेकपाका सांसदको जनाएका छन् ।