अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले दिए राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले दिए राजीनामा
तस्विर सौजन्य : ciaa.gov.np

फागुन ३, काठमाडौं । ७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला पाठकले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

पाठकमाथि भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप लागेको थियो । सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी समेत गरेको थियो ।

यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ । राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।