ललितपुरको सडकमा साइकललाई छुट्टै लेन

ललितपुरको  सडकमा साइकललाई छुट्टै लेन

ललितपुर, ५ कार्तिक ।

ललितपुरको पुलचोक सडकमा साइकललाई पनि छुट्टै लेन बनाइएको छ ।

विश्वका अन्य धेरै देशमा साइकलका लागि छुट्टै लेनको विस्तार गर्ने प्रचलन भएपनि नेपालमा साइकल यात्रुका लागि छुट्टै लेनको व्यवस्था गरिएको यो पहिलो घटना हो ।

ललितपुर महानगरपालिकाले विस्तार गरेको सडकको छेउमा हरियो रङसहित साइकल लेनले साइकल चलाउने यात्रुलाई साइकल चलाउन सहज हुने छ ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभरी नै साइकलका लागि छुट्टै लेनको विस्तार योजना अगाडि बढाएको छ ।