मुख्यमन्त्रीलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

मुख्यमन्त्रीलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

काठमाडौं, ७ कार्तिक । 
बिहीबार कोरोना संक्रमण देखिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

शुक्रबार दिउसो नेपाली सेनाको हेलिकप्टरमार्फत् पौडेललाई काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। 

उनको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र हुने बताइएको छ।

मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी विजया पौडेल, एक जना  सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा समेत एकैसाथ कोरोना संक्रमण भएको थियो।