भ्रष्टाचारी विकासका विरोधी हुन् : सञ्चारमन्त्री बाँस्कोटा

भ्रष्टाचारी विकासका विरोधी हुन् : सञ्चारमन्त्री बाँस्कोटा
तस्विर सौजन्य : Canadanepal

फागुन ३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन् । 

शुक्रबार बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, "भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न, भ्रष्टाचारी जोसुकै भएपनि 'इफ एण्ड बट' हुदैन् ।" 

 उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  आयुक्त समेतलाई दोसी ठहरिए कडा कारवाही गर्ने बताउदै  अन्यका हकमा पनि शङ्का गर्नु नपर्ने स्पष्ट गरे ।

अर्को प्रसङ्गमा मन्त्री बाँस्कोटाले यस वर्ष शिलान्यासको वर्ष र सङ्घीयता कार्यान्वयनसँगै अर्को वर्ष उद्घाटनको वर्ष आउने बताउँदै सडक, पुल, रेलजस्ता ठूलाठूला परियोजना सुरु भइसकेको जानकारी दिए ।