सिन्धुलीको फिक्कलमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु ८ घाईते 

सिन्धुलीको फिक्कलमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु ८ घाईते 
तस्विर सौजन्य : comarochronicle

 

माघ २४,काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  अनुसार महादेवडाँडाबाट १२ जना यात्रु बोकेर खाङसाङमा आज सञ्चालन भएको स्वास्थ्य शिविरतर्फ जाँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको छ ।  दुर्घटनामा परी ४ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा खुर्कोट अस्पतालमा मृत्यु भएको हो । घाइतेहरु मध्ये २ जनाको स्थानीय स्वास्थ्य चौकी, ३ जनाको खुर्कोट अस्पताल र गम्भीर ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा फिक्कल गाउँपालिका २ की करिब ५५ वर्षीया तिलमाया वि.क, करिब ६० वर्षीय कुलमान तामाङ, करिब ३० वर्षीय लक्ष्मी वि.क, र वडा नंं. ३ की सानिमाया श्रेष्ठकाे घटनास्थलमा र वडा नं. २ की अनिता महतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको जिप चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो। जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो ।