सैनामैनाका किसानलाई अनुदानमा मिनिटेलर

सैनामैनाका किसानलाई अनुदानमा मिनिटेलर

१७ वैशाख, सैनामैना ।

रूपन्देहीकाे सैनामैना नगरपालिकाले नगर भित्रका किसानहरुलाई कृषि कार्यमा सहयाेगका लागि मिनिटेलर र हलो  वितरण गरेकाे छ ।

नगरपालिकाको कृषि शाखाले नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

नगरका नगर प्रमुख चित्रबहादुर कार्कीले आफुले प्राप्त गरेको उपकरणको उचित उपयोग गरी भरपुर लाभ लिन कृषकलाई आग्रह गर्नुभयो ।

बन्दाबन्दीको समयमा पनि किसानको खेती कार्य सुचारु र सहज होस भन्ने उद्धेश्यले ५० प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

नगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार करिब १५ लाखको बजेटमा १२ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना सुबेदी जानकारी दिनुभयाे ।

नगरपालिकाकाे कृषि शाखाले किसानहरुका लागि विभिन्न समयमा बिभिन्न उपकरण र मौसम अनुसारका खाद्यन्न बाली, हिउँदेबाली, तरकारी लगायतका बीउ बिजनहरु वितरण गर्ने गरेको छ ।