अस्ट्रेलियाकी राजदूत लक्की शेर्पाले दिइन राजीनामा

अस्ट्रेलियाकी राजदूत लक्की शेर्पाले दिइन राजीनामा
तस्विर सौजन्य : twitter @ lucky sherpa

माघ १८, काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा मुछिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी छन् । 

मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई सरकारले  काठमाडौं बोलाएर स्पष्टीकरण सोधेर राजीनामा दिन सुझाएको थियो । बिहिबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी शेर्पाले एक वक्तव्य जारी गर्दै उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । 

राजीनामा पत्रमा उनले भनेकी छिन् ‘मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनबरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजीनामा नेपाल सरकार समक्ष पेश गरेको छु ।’

त्यस्तै उनले आफूमाथि लागेको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने रु भन्दै प्रश्न उठाएकी छिन् । उनले भनेकी छिन्,‘न्यायिक फैसला होस्, सत्य नमरोस्, त्यसैका लागि मैले बाटो खुला गरेको हुँ ।’   

सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी बिवादमा मुछिएकी  हुन् ।