भारतमा कोरोना संक्रमण निको भएका मानिसमा भेटिन थाल्यो प्राणघातक ब्ल्याक फंगस

भारतमा कोरोना संक्रमण निको भएका मानिसमा भेटिन थाल्यो प्राणघातक ब्ल्याक फंगस
तस्विर सौजन्य : बीबीसी

बीबीसी, २७ वैशाख । 
भारतमा तीन साता पहिले कोरोना संक्रमण निको भएकी एक महिलामा प्राणघातक मानिने ब्ल्याक फंगस (म्यूकरमायकोसिस) भेटिएको छ ।मुम्बईको एक अस्पतालमा २५ वर्षीय महिलामा ज्यान नै लिन सक्ने ब्याक फंगस भेटिएको भारतीय अधिकारीहरुले जनाएका छन् । मधुमेह भएकी ती महिलाले तीन साता अघि मात्र कोरोनाबाट निको भएकी थिइन् । उनको नाकको भित्री भागमा भएको ब्ल्याक फंगस आँखासम्म नै फैलिएका कारण एउटा आँखा नै निकाल्न पर्ने अवस्था आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ब्ल्याक फंगस शरिरभित्र पसेपछि जुन अंगमा बसेको छ सो अंग नै निकाल्नुपर्ने प्राणघातक संक्रमण हो । 

यसै वर्षको अप्रिल महिनाका मुम्बई शहरमा मात्रै ४० मानिसमा उक्त फंगस भेटिएको थियो भने अधिकांश संक्रमितमा मधुमेह भेटिएकोमा ११ जनाको एउटा आँखा नै निकाल्लपर्ने अवस्था आएको उपचारमा संलग्न चिकित्सकहरुले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् । यसअघि फेब्रुअरी र मार्च अहिनामा भारतका पाँच शहरमा ५८ मानिसमा उक्त फंगस भेटिएको थियो, तीमध्ये अधिकतम मानिसमा कोरोना निको भएको १२ देखि १५ दिनमा ब्याक फंगस भेटिएको चिकित्सकहरुको भनाई छ । 

भारतमा तीन साता पहिले कोरोना संक्रमण निको भएकी एक महिलामा प्राणघातक मानिने ब्ल्याक फंगस (म्यूकरमायकोसिस) भेटिएको छ । मुम्बईको एक अस्पतालमा २५ वर्षीय महिलामा ज्यान नै लिन सक्ने ब्याक फंगस भेटिएको भारतीय अधिकारीहरुले जनाएका छन् । मधुमेह भएकी ती महिलाले तीन साता अघि मात्र कोरोनाबाट निको भएकी थिइन् । उनको नाकको भिज्ञी भागमा भएको ब्ल्याक फंगस आँखासम्म नै फैलिएका कारण एउटा आँखा नै निकाल्न पर्ने अवस्था आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ब्ल्याक फंगस शरिरभित्र पसेपछि जुन अंगमा बसेको छ सो अंग नै निकाल्नुपर्ने प्राणघातक संक्रमण हो । 

एक अध्ययनका अनुसार यस किसिमको फंगस दिर्घ रोगी तथा कुनै औषधी लामो समयदेखि सेवन गर्ने मानिसमा बढि देखिएको छ । एकदमै कम मानिसका मात्र देखियो यो संक्रमण कारोना निको भईसकेका मानिसमा समेत भेटिएपछि अधिकारीहरुले यसका बारेमा अध्ययन सुरु गरेका छन् । 

के हो ब्ल्याक फंगस ?
ब्ल्याक फंगस एक दुर्लभ संक्रमण हो जसको अंग्रजी नाम म्यूकरमायकोसिस  हो । यो हावा, तरकारी, माटो इत्यादीमा पाईने एक फंगस हो । यो मानिसको नाक, कान, घाटी, आखाँ लगायतमा अंगमा संक्रमण गराई ज्यान समेत लिन गर्छ । यो फंगस शरिरको जुन अंगमा देखा पार्याे सो अंग नै फाल्नुपर्ने चिकित्सक बताउछन् । यस संक्रमण मृत्युदर ५० प्रतिशत सम्म हुन सक्ने भारतीय अधिकारीले जनाएका छन् । यो फंगस शरिरमा प्रवेश गरेपछि मधुमेह उच्च बनाउने, प्रतिरक्षा क्षमता घटाउने जस्ता असरहरु देखा पर्ने अधिकारीको भनाई छ । 

के हुन् ब्ल्याक फंगसका लक्षणहरु ?

मानिसहरुको एक्कासी नाक बन्द हुने, नाकबाट रगत वा कालोजस्तो देखिने तरल पदार्थ बाहिर आउने जस्ता लक्षणहरु देखा पर्ने चिकित्सले बताएका छन् । त्यस्तै आँखा सुख्खा भएकोजस्तो हुने, आखा दुख्ने, धमिलो हुदै अन्त्यमा दृष्टि नै गुमाउनुपर्ने अवस्था आउने उनीहरुले बताएका छन् । मानिसहरु यसको उपचारका लागि ढिला पुग्ने हुदाँ धेरै मानिसहरु अन्तिम अवस्थामा दृष्टि नै गुम्ने चिकित्सको अनुभव छ  । 

के छ यसको उपचार ?
सुरुको अवस्थामा नै पत्ता लागेको खण्डमा एउटा खोपबाट नै यो संक्रिमणको फैलावटबाट बच्न सकिन्छ । यसका लागि एन्टी फंगल खोप नै यस संक्रमणको एकमात्र उपचार हो ।

त्यसकारण, कोरोना लाग्न नदिनु नै सर्वाेतम उपाय हो, कोरोनालाई खेलवाडको हिसावले नलिई यसबाट सुरक्षित हुनु नै आजको आवश्यकता हो ।