चण्डीगढमा किन जलाइयो अभिनेता अक्षय कुमारको पुत्ला?

चण्डीगढमा किन जलाइयो अभिनेता अक्षय कुमारको पुत्ला?

ऐजेन्सी, ४ असार ।
भारतीय अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को नामलाई लिएर भारतको चण्डीगढमा पुत्ला जलाइएको छ ।

यसअघि पनि फिल्मको शिर्षकलाई लिएर करणी सेनाले आपत्ति जनाएको थियो। बिहीबार फेरि भारतको चण्डीगढमा अखिल भारतीय क्षेत्रीय महासभाले फिल्मको नामलाई लिएर विरोध प्रदर्शन गरेको हो।

विरोधका क्रममा प्रदर्शनकारीले फिल्मका अभिनेता अक्षय कुमार, फिल्मका निर्देशक डा. चन्द्रप्रकाश द्धिवेदी, निर्माता आदित्य चोपडालगायतको पुत्लासमेत जलाएका छन्। 

अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिवर्तन गर्न माग गर्दै करणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइटलमा राख्न माग गरेको छन् ।

एक महिना पहिले करणी सेनाले फिल्मको टाइटल परिवर्तन गरेर राजाको पुरै नाम राख्न भनेको थियो । करणी सेनाले भनेको थियो ‘फिल्म महान राजपुत राजामा आधारित रहेको छ । शीर्षकले यो तथ्यलाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’ 

यो फिल्ममा कुनै पनि किसिमको विवाद नदेखियोस् र इतिहासलाई लिएर कुन पनि किसिमको छेडछाड नपाइयोस भनेर करणी सेनाले फिल्म रिलिज अगाडि आफुहरुलाई देखाउन समेत भनेको छ ।

यो फिल्ममा अक्षयका साथै मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद पनि प्रमुख भूमिकामा देखा पर्दैछन्।  यही फिल्मबाट मानुषी बलिउडमा डेब्यु गर्दै छिन्।