आमिर खानले गरे दोस्रो पटक सम्बन्धविच्छेद

आमिर खानले गरे दोस्रो पटक सम्बन्धविच्छेद

ऐजेन्सी, १९ असार ।

बलिउड अभिनेता अमिर खान र अभिनेतृ किरण रावले १५ वर्षको वैवाहिक सम्बन्धविच्छेद अन्त्य गर्ने घोषणा गरेका छन्। 

अमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे । 

अमिर खानको यो दोस्रो सम्बन्ध विच्छेद हो । पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद गरेर आमिरे १५ वर्ष अघि नियिका किरणसँग विवाह बन्धनमा बाधिएका थिए । 

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।” 

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् ।  सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । 

फिल्म ‘लगान’को सेटमा भेट भएका आमिर र किरणको विवाह सन् २००५ को डिसेम्बर २८ मा भएको थियो । उनीहरुको पहिलो सन्तानका रुपमा २०११मा आजादको जन्म भएको थियो । 

 सन् २००२ मा अमिर र रीनाले डिभोर्स गरेका थिए । उनीहरुको छोरी दुई छोरा इरा र  जुनैद रहेका छन् ।