कंगनाले किन गरिन् प्रियंकाको आलोचना, यस्तो छ कारण

कंगनाले किन गरिन् प्रियंकाको आलोचना,  यस्तो छ कारण

ऐजेन्सी, २१ असार । 
आफ्ना भनाइका कारण चर्चामा आइरहेने बलिउड  नायिका हुन कंगना । उनै कंगना एकपटक फेरी चर्चामा आएकी छिन् । 

यसपटक उनी यिका प्रियंका चोपडामाथि आलोचना गरेपछि चर्चामा आएकी हुन् । कंगनाले  प्रियंका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचक बनेको भन्दै टिप्पणी गरेकी हुन् ।

कुनै समय प्रियंका मोदीको प्रशंसक थिइन । उनको मोदीसँग पनि राम्रो सम्बन्ध थियो । त्यसै कारण सन् २०१८ मा प्रियंकाको बिहे पार्टीमा समेत मोदी सहभागी भएका थिए ।

नायिकाहरुको चर्को आलोचना गर्ने कारणले नै कंगनको  बलिउडका अधिकांश नायिकासँग सम्बन्ध राम्रो छैन ।