टेलिभिजनको उद्घोषकबाट ब्रेक लिदै आदित्य नारायण, इन्डियन आइडल पनि छोड्ने

टेलिभिजनको उद्घोषकबाट ब्रेक लिदै आदित्य नारायण,  इन्डियन आइडल पनि छोड्ने

ऐजेन्सी, ५ साउन ।
पन्ध्रवर्ष देखि टेलिभिजनमा उद्घोषण गर्दै आएका भारतिय गायक गायक आदित्य नारायणले उद्घोषणबाट ब्रेक लिने निर्णय गरेका छन् । 

उनले अब आफू अन्य ठूला जिम्मेवारीतर्फ अघि बढ्ने समय आएको भन्दै बिदा लिन लागेका हुन् । उनले आफ्ना सबै बचन पूरा गरेपछि सन् २०२२ पछि उद्घोषण बन्द गर्ने बताए ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रुपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन । अब केही ठूलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’

उनले टेलिभिजन नै नछोडेको र अन्य निर्णायकको भुमिकामा भने देखिन चाहेको उल्लेख गरेका छन् । यस बाहेक अन्य कुनैमा काम गर्ने योजना रहेको र त्यो समयले बताउने बताएका छन् ।