सवारी दुर्घटनामा भारतीय अभिनेत्री यशिका घाइते

सवारी दुर्घटनामा भारतीय अभिनेत्री यशिका घाइते

ऐजेन्सी, १० साउन । 
भारतीय अभिनेत्री यशिका आनन्द सवारी दुर्घटनामा घाइते भएकी छन् । 

भारतीय मिडियाका अनुसार  रिपोर्टका अनुसार यशिका महाबलीपुरमबाट चेन्नई फर्किदै थिइन् । सोही क्रममा उनी चढेको सवारी दुर्घटना भएको छ । 

दुर्घटनामा यशिकाको एक साथीको मृत्यु भएको छ । यशिका समेत तीन जना गम्भिर घाइते भएका छन् । घाइते सबैलाई नजदीकी अस्पतालमा भर्ना गरिएको छ ।

तिब्र गतिका कारण उनीहरु चढेको कारको सन्तुलन बिग्रिएर डिभाइजरमा टोकिन पुगेको भारतीय मिडियाले जनाएका छन् । 

सवारीमा रहेका सबै मानिस रक्सीको नसामा रहेको पुलिसले बताएको छ । उक्त घटनाका मृत यशिकाको एक साथीको शव पुलिसले पोस्टमार्टमका लागि चन्गलपेट अस्पताल पठाएको छ । यो बिषयमा पुलिसको अनुसन्धान जारी रहेको छ ।

यशिका तमिल र तेलुगूको चर्चित अभिनेत्री हुन् ।