पोर्न फिल्म बनाउने राजलाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले दियो अनुमती

पोर्न फिल्म बनाउने राजलाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले दियो अनुमती

काठमाडौं, १२ साउन । 
पोर्न फिल्म बनाउने व्यवसायी तथा बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रालाई थप १४ दिन न्यायिक हिरासतमा अदालतले 
आदेश दिएको छ । 

अदालतले राजसँगै रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मुम्बई प्रहरीका अनुसार क्राइम ब्राञ्चमा फेब्रुअरी २०२१ मा राजविरुद्ध पोर्नोग्राफी फिल्म उत्पादन र बिक्रीवितरणको आरोपमा उजुरी परेको थियो ।

मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।

प्रहरीले यो मामलामा राजको संलग्नताको विषयमा पर्याप्त प्रमाण भेटिएको यसअघि नै जनाएको छ ।

राज पक्राउ परेपछि शिल्पाले केही दिन अगाडि मात्र राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजिनामा दिएकी थिइन् ।