ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
प्रतिकात्मक तस्वीर

राप्ती, ८ मंसिर ।
पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । 

प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।