पूर्वसभामुख महराकी पत्नी सीताको निधन

पूर्वसभामुख महराकी पत्नी सीताको निधन

काठमाडौं, १९ कार्तिक ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार बिहान निधन भएको छ । 

५९ वर्षीय सिताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

महराक पत्नी सीतालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार थालिएको थियो ।

नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सीतालाई कोरोना संक्रमण समेत देखिएको थियो । सीता लामो समयदेखि माइस्थेनिया नामक रोगको समस्या थियो । 

विक्रम संवत २०१८ साउन १३ गते रोल्पामा जन्मिएकी सीताले २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह गरेकी थिइन् । महराका दुई छोरा र दुई छोरी रहेका छन् ।

महरापत्नी सीताको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुस्ख व्यक्त गरेका छन् ।