जन्ती बोकेको जीप दुर्घटना हुदा चार जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुदा चार जनाको मृत्यु

रुकुम (पश्चिम), १३ मंसिर ।
जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७  पोखरामा चारको मृत्यु भएको छ ।
 
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । 

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको नगरप्रमुख केसीले जानकारी दिए । 

जीप चालक फरार रहेको प्रहरीले जनाएको छ ।