वायुप्रदुषण प्रभाव: चार दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायुप्रदुषण प्रभाव: चार दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १६ चैत । 

सरकारले मंगलबारदेखि शुक्रबारसम्म सबै देशभरका विद्यालय बन्द गर्ने गर्ने निर्णय गरेको छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले देशभरका शिक्षण संस्था भोलीदेखि चार दिन बन्द गर्ने निर्णय गरेको हो।  मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बैठकले निष्कर्ष निकालेको हो । 

बैठकअघि शिक्षामन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत परामर्श गरेका थिए।