पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टरको दुर्घटनास्थलमा ५ शव फेला

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टरको दुर्घटनास्थलमा ५ शव फेला

फागुन १५, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेष्टीको एएमआई अल्फा माइक इन्डिया कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटना भएको छ । 

दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताएका छन् । 

 हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा  दुर्घटनाग्रस्त भएको हो । 

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।