सिके राउतलाई साधारण तारेखमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

सिके राउतलाई साधारण तारेखमा थुनामुक्त गर्न सर्वोच्चको आदेश
तस्विर सौजन्य : ck raut (facebook)

फागुन २३, काठमाडौं । 
सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

जिल्ला अदालत रौतहटले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरूद्ध राउतले दिएको मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र  पुरूषोत्तम भण्डारीको इजलासले उनलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।

राज्य विप्लवको अभियोगमा प्रहरीले सिके राउतलाई गत असोज २१ गते पक्राउ गरेको थियो। जिल्ला अदालत रौतहटले मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। 

उक्त आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिएका थिए। पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। त्यसपछि उनी सर्वोच्च पुगेका थिए।  

 राउतलाई  सुन्धारा स्थित केन्द्रीय कारागारमा राखिएको थियो ।