काठमाडौँमा फेरी भूकम्पको धक्का महशुस

काठमाडौँमा फेरी भूकम्पको धक्का महशुस

चैत ४, काठमाडौं । 
काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ ।

सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ ।

भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।