ओखलढुङ्गामा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

ओखलढुङ्गामा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

चैत १७, ओखलढुङ्गा ।
आइतबार सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं. को स्कार्पियो जीप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी नजीकै भडारे खोलामा अपराह्न दुर्घटना हुदा  ६ जनाको मृत्यु भएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् । मृत्यु भएका सबैको को सनाखत भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडौं बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

जीप सडकबाट करीब २०० मिटर तल खसेको चालक कृष्ण श्रेष्ठले बताएका छन् । दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ ।