बारामा भीषण आँधी–हुरी :२ दर्जन बढिको मृत्यु, सयौँ घाईते

बारामा भीषण आँधी–हुरी :२ दर्जन बढिको मृत्यु, सयौँ घाईते
तस्विर सौजन्य : द हिमालयन टाइम्स

चैत १७, बारा । 
आइतबार  साँझ एक्कासि आएको हावाहुरीका कारण पर्सा र बारामा २ दर्जन भन्दा बढि मानिसको मृत्यु भएको छ भने  सयौँको  संख्यामा मानिसहरु घाइते भएका छन्।

हावाहुरीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिएका छन् । 

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। 

थप विवरण आउन बाँकी