बारा र पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

बारा र पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै
तस्विर सौजन्य :

चैत १८,भरतपुर

 तराईका हावाहुरी प्रभावित जिल्ला बारा र पर्सामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । 

हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । 

चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिएका छन् । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने भएका छन् । 

अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले  बताएका छन् ।