टी-ट्वान्टीमा ५० विकेट लिने पहिलाे नेपाली खेलाडी बने सन्दीप

टी-ट्वान्टीमा  ५० विकेट लिने पहिलाे नेपाली खेलाडी बने सन्दीप

चैत २४, काठमाडौं। 

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । याे सफलतासँगै उनी टी-ट्वान्टीमा ५० विकेट लिने पहिलाे नेपाली खेलाडी समेत बनेका छन् । 

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध विकेट लिएसंगै सन्दीपले ५० विकेट पुरा गरेका हुन् । उनले बैंगलोरका मोइन अलीलाई ३२ रनमा आउट गर्दै ५० विकेटको पुरा गरेका हुन् । 

गत सिजनको आईपीएलबाट टी-ट्वान्टीमा डेब्यु गरेका सन्दीपले एक बर्ष नबित्दै विश्वभरका फ्रेन्चाइज टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ५० विकेट लिए । सन्दीपले ४० टी-ट्वान्टी खेलमा ५० विकेट हात पारेका हुन् ।

आईपीएलमा डेब्यु गरेपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी-ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग लिग, बंगलादेश प्रिमिएर लिग, पाकिस्तान सुपर लिग खेलेका थिए ।

सन्दीपको टी-ट्वान्टीमा ६.८४ को बलिङ इकोनमि रहेको छ ।