पब्जीमा तत्काल प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

पब्जीमा तत्काल प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

बैशाख ६, काठमाडौं ।   
सरकारले विभिन्न उजरी परेपछि प्रतिबन्ध लगाएको पब्जी खेललाई तत्काल प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

पब्जी खेलमाथि लगाइएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट शुक्रबार अन्तरिम आदेश जारी भएको हो । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । 
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलले आत्महत्या सम्मको घटना बढेको र बढि उजुरी परेको भन्दै चैतको अन्तिम साता पब्जीमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए । 

पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय माथि अधिवक्ता प्रवीण सुवेदीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।