तिर्थयात्री बोकेर मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना

तिर्थयात्री बोकेर मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना

बैशाख ८, काठमाडौं । 
काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । 

आज बिहान ३० जनाभन्दा बढि तिर्थयात्री बोकेर मनकामना जाने क्रममा ना ४ ख १४१५ नम्बरको बस पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्र्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।