पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

वैशाख १७, पाल्पा । 
पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–७ मा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा त्यसका चालक बुद्धिवल क्षेत्री, निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु र सन्तबहादुृर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको र १ जनाले भने जिपबाट हाम फालेर ज्यान जोगाउन सफल भएकाजिल्ला प्रहरी कार्यालय पाप्लाका प्रमुख प्रहरी  एसपी विश्वमणि पोखरेलले जानकारी दिए का छन्। 

दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।