मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई

मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई
तस्विर सौजन्य : Khabarhub

बैशाख २६, काठमाडौं । 
मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले  जितेकी छन् ।

बिहीबार कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिको ताज पहिरेकी हुन् ।

प्रतियोगितामा टप २५ हुदै अन्तिम राउण्डमा ७ जना छानिएका थिए । प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै अनुष्काले सात जनालाई पछि पार्दै मिस नेपाल २०१९ को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

यसबाहेक प्रतियोगितामा मिस नेपाल यूनिभर्स को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल अर्थ को उपाधि रिया बस्नेत र मिस नेपाल इन्टरनेशनल को उपाधि मिरा कक्षपतिले हात पारेकी छन् । त्यस्तै यस पटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि थपिएकोमा उक्त ताज रोज लामाले पहिरिन् ।