अवैध एक लाख डलरसहित एक भारतीय महिला पक्राउ

अवैध एक लाख डलरसहित एक भारतीय महिला पक्राउ
तस्विर सौजन्य : रिपब्लिका

वैशाख २७, काठमाडौं । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक लाख डलरसहित भारतीय एक महिलालाई प्रहरीले पक्राउ गरको छ ।

नेपाल एयरलाइन्सको विमानबाट भारत जान लागेको अवस्थामा भारतीय महिला बन्दना सोनीलाई प्रक्राउ गरिएको त्रिभुवन विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

ब्यागमा लुकाइ छिपाइ लैजान लागेको अवस्थामा चेक गर्दा सो डलर बरामद भएको उनले बताए। 

थप अनुसन्धानका लागि प्रहरीले सोनीलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ।