कालोपुलमा युवतीमाथि एसिड प्रहार

कालोपुलमा  युवतीमाथि एसिड प्रहार

जेठ १, काठमाडौं । 
काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौं प्रहरी तत्कालै परिचालित भएको थियो ।

युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।

भुजेल उक्त युवतीका श्रीमान भएको प्रहरीले जनाएको छ । काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल उनलाई काठमाण्डौ काडाघारी सनसिटीवाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।